‘सम्बोधन भएनन् यौन हिंसा पीडित महिलाका सवाल’


प्रकाशित मिति :2018-10-04 12:40:44

–महिला खबर–

ललितपुर । सशस्त्र द्वन्द्वका समयमा यौन हिंसा प्रभावित महिलाका मुद्दाको सम्बोधन हुन नसकेको द्वन्द्व प्रभावितका क्षेत्रमा काम गर्ने व्यक्तिहरुको आरोप छ ।

द्वन्द्वको समयमा यौन हिंसामा परेका महिलाहरुले आफ्ना समस्या खुलेर राख्न नसक्ने र राखेका महिलाहरुको समस्या पनि सम्बोधन नभएको उनीहरुले बताएका हुन् ।

‘द्वन्द्वका समयमा बलात्कार, यौन हिंसामा परेका महिलाका समस्या त सम्बोधन नै हुन सकेको छैन’ अधिकारकर्मी लिली थापाले भनिन्, ‘उनीहरुलाई न्याय हुनेगरी सम्बोधन गर्न राज्यले अझैं केही पहल गरेको छैन ।’

उनले द्वन्द्व प्रभावितका समस्या जस्ताका त्यस्तै रहे पनि सरकारले भने अहिले संक्रमणकालिन न्यायलाई आफ्नो प्राथमिकतामा नपारेको बताईन् ।

संक्रमणकालिन न्यायमा काम गरिरहेको संस्था एड्भोकेसी फोरमका विकास बस्नेत पनि सरकारले संक्रमणकालिन न्यायको सवाललाई प्राथमिकतामा नराखेको बताउँछन् ।

‘द्वन्द्व प्रभावितहरु न्याय कुरेर बसिरहेका छन्’ बस्नेतले भने, ‘सरकारले भने अब द्वन्द्वपछिको न्यायका विषयलाई आफ्ना नीति तथा कार्यक्रममा नै समेट्न छोडिसकेको छ ।’

संक्रमणकालिन न्याय र द्वन्द्व प्रभावितको पुनर्स्थापनाको लागि काम गरिरहेका अधिवक्ता रामकान्त तिवारी संक्रमणकालिन न्यायको लागि संगठित आवाज आवश्यक रहेको बताउँछन् ।

उनले अहिले आयोगले पीडितका पक्षमा काम गर्न नसकेको भन्दै न्यायलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि बताए । त्यसको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले पीडितहरुबाट आएका उजुरीलाई संवेदनशिल भएर न्याय दिनेगरी छानबिन गरी टुङ्ग्याउनुपर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: