असंगठित क्षेत्रका कामदार महिलाको गुनासो ‘मालिकले पानी समेत दिएनन्’


प्रकाशित मिति :2018-10-05 16:04:46

–महिला खबर–

ललितपुर । रोजगारदाताले उपलब्ध गराउनु पर्ने सामान्य सेवा सुबिधा समेत नदिएको असंगठित क्षेत्रका मजदुर महिलाले गुनासो गरेका छन् ।

समयमा पारिश्रमिक नपाएको, पुरुष र महिला बीच पारिश्रमिकमा बिभेद खेप्नु परेको, पिउनका लागि पानी समेत नदिएको गुनासो उनीहरुले गरेका छन् ।

संचारिका समूहको उत्पादक कार्यक्रम ‘समकोण’ छायांकनमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

उनीहरुको गुनासो सुन्दै प्रतिनिधिसभा सदस्य बिन्दा पाण्डेले त्यस्ता कुराको उजुरी गर्नका लागि आग्रह गरिन् ।

सांसद पाण्डेले भनिन्, ‘यस्ता उजुरी सुन्नका लागि वडा वडामा अध्यक्षहरु छन् । उहाँहरुलाई निर्धक्क समस्या सुनाउनुस् ।’ उनले आफ्ना जनप्रतिनिधिलाई गएर उजुरी गर्न आग्रह गर्दै समाधानका लागि स्थानीय स्तरबाटै सम्भव भएको बताइन् ।

श्रम मन्त्रालयको श्रम सम्बन्ध तथा व्यवसायिक सुरक्षा महाशाखा प्रमुख, रामप्रसाद घिमिरेले मजदुरहरुलाई उजुरीका लागि आह्वान गर्नु गरे ।

घिमिरेले भने ‘तपाई एकजनाले गरेको उजुरीले धेरैलाई न्याय मिल्ने छ । विभेद र हिंसा खपेर नबस्नुस् । हामी कारवाहीका लागि तयार छौं ।

ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले पहिलाको भन्दा धेरै समस्याहरु समाधान भएको बताए ।

यसै विषयमा काठमाडौं कागेश्वरीमनोहरा नगरपालिकामा छायांकन गरिएको ‘समकोण’आज बेलुका ९ बजे कान्तिपुर टेलिभिजनमा प्रशारण हुदैँ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: