किक र पञ्च हान्न सिक्दै महिलाहरू


प्रकाशित मिति :2018-10-07 16:03:18

–महिला खबर–

ललितपुर । सात नम्बर प्रदेशमा यौन दुराचारीलाई ठोक्नदेखि रोकनसम्म सिकाइदै छ । शनिबारदेखि शुरु भएको शिविरमा बालिका तथा महिलाहरूलाई शारीरिक तथा मानसिक रुपमा यौन दुराचारीबाट कसरी जोगिने भन्ने कुरा सिकाइन थालेको हो ।

महिलामाथि बलात्कार जस्ता जघन्य अपराध बढ्न थालेपछि महिला अधिकारवादी संघ संस्थाहरूको समन्वयमा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले महिलाका लागि एक हप्ते आत्मरक्षा शिविर सञ्चालन गरेको हो ।

शिविर महिलाहरूलाई ‘किक’ र ‘पञ्च’ हान्न सिकाएर आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको आयोजक गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले बताए ।

शिविरमा स्कुले विद्यार्थी, अधिकारकर्मी, गृहिणी, व्यापारी महिलाहरूको सहभागिता रहेको चन्दले जानकारी दिए ।

उनले महिलाहरूको लागि यो तालिम पुरुषसंग लड्न नभइ आफ्नै आत्मरक्षाका लागि भएको बताए । बलात्कार गर्न खोज्नेको कुन–कुन भागमा हिर्काउँदा आफूलाई जोगाउन सकिन्छ भन्ने विषयमा शिविर अवधिभरी महिला तथा किशोरीहरूलाई अभ्यस्त पारिने उनले बताए ।

आयोजकले सात नम्बर प्रदेशका एक हजार महिला, बालिकालाई आत्मरक्षा सम्बन्धी तालिम दिने लक्ष्य लिएको थियो । तर, तालिमका लागि एक हजार ७०० ले फाराम भरेको र पहिलो दिन करिब डेढ हजारले सहभागिता जनाएको चन्दले बताए ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिलामाथि हुने हिंसाका घटना न्यूनीकरणका लागि प्रदेश सरकारले अभियान थाल्ने तयारी गरिरहेको बताए ।

यस्तै, सामाजिक विकासमन्त्री दीर्घ सोडारीले सबैखाले महिला हिंसा अन्त्यका लागि सबै एकजुट हुन आवश्यक रहेको औंल्याए ।

आत्मरक्षा तालिमबाट दुई सय जना प्रशिक्षक समेत उत्पादन गर्ने जनाइएको छ । उत्पादित प्रशिक्षकमार्फत कैलालीका हरेक स्थानीय तहमा आत्मरक्षा शिविर सञ्चालन गरिने आयोजक नेपाल गोजुरियो कराते दो संघ नेपालले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: