बोक्सी आरोपका घटना बढ्दै


९ वर्षमा २ सय ८८ ले खेपे बोक्सी आरोप

प्रकाशित मिति :2018-10-07 15:50:06

–महिला खबर–

ललितपुर । बोक्सी आरोपमा कसुर गर्नेलाई कारबाही गर्न २०७२ मा ‘बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ बनेर लागू भइसकेको छ ।

तर घटना भने नियन्त्रण हुन सकेको छैन । ऐनले बोक्सी आरोप लगाउनेलाई फौजदारी कसुर माने पनि नेपाल प्रहरीको तथ्यांक अनुसार यस्ता घटनाहरू बढेको देखिन्छ ।

नेपाल प्रहरीको ९ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा बढी आर्थिक वर्ष २०७४-७५ मै बोक्सी आरोपका घटना बढेकाा छन् ।

२०७४-७५ मा मात्रै ४८ जनाले बोक्सी आरोप खेपेका छन् । जुन आव ७३-७४ भन्दा दोब्बरले बढी हो । आव ७३÷७४ मा बोक्सी आरोपका २४ वटा घटना घटेका थिए ।

यस्तै आव ०७२-७३ मा २८ वटा बोक्सी आरोपका घटना घटेका थिए भने आव ०७१-७२ मा ४२, आव ०७०-७१ मा ३९, आव ०६९-७० मा २८, आव ०६८-६९ मा ३५, आव ०६७-६८ मा ३९ र ४ वटा घटना घटेका थिए ।

यो तथ्यांकलाई हेर्दा बोक्सी आरोपका घटना बढ्दै गएको देखिन्छ । ‘बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ मा ‘बोक्सीको आरोप’ भन्नाले कुनै व्यक्तिलाई बोक्सा, बोक्सी वा यस्तै अन्य नामबाट लाञ्छना लागउने कार्यलाई मानेको छ ।

बोक्सी आरोप सम्बन्धी कसुर फौजदारी भएकोले यो ऐनमा सरकार आफै वादी भएर मुद्दा चलाउनुपर्छ ।

बोक्सीको आरोप सम्बन्धी कसुरको दफा ३ को उपदफा १ मा कसैले कुनै व्यक्ति उपर ‘बोक्सीको आरोप लगाउने, बोक्सीको आरोपमा गाली बेइज्जती गर्ने, बोक्सीको आरोप लागेको व्यक्तिको परिवारको कुनै सदस्य प्रति अपमानजनक व्यवहार गर्नेलाई बोक्सी आरोप मानेको छ ।

बोक्सीको आरोपमा सामाजिक बहिष्कार गर्ने, बोक्सीको आरोपमा बसोबास गरेको ठाउँबाट निकाला गर्ने, धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफक वा यस्तै अन्य कुनै माध्यमबाट बोक्सीको आरोप लगाउनेलाई पनि ऐनले बोक्सी आरोप सम्बन्धी कसूर मानेको छ ।

त्यस्तै बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थ प्रयोग गरी वा अन्य कुनै किसिमले यातना दिने मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी वा नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्ने, बोक्सीको आरोपमा अंगभंग गर्ने, सम्पत्ति तोडफोड, हिनामिना वा हानी नोक्सानी गर्ने कार्यलाई बोक्सी आरोप सम्बन्धी कसूरको रुपमा व्याख्या गरेको छ ।

बोक्सी आरोप सम्बन्धी कसुर गर्ने व्यक्तिलाई कसुर हेरी ६ महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवाना न्यूनतम र अधिकतम पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

ऐनको दफा ४ ले बोक्सी आरोपमा गरिएको कसुरको मौखिक रुपमा भए पनि प्रहरीले उजुरी लिनुपर्ने व्यवस्था गरेको छ, भने बोक्सी आरोप लगाएको मनासिब कारण देखिनेबित्तिकै आरोपीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने व्यवस्था पनि ऐनमा छ ।

यो पनि हेर्नुहोस्

जो कमजोर उही बोक्सी

कमजोर वर्गलाई नै बोक्सीको आरोप लगाईन्छ

बोक्सी भन्दै सासूको हत्या गर्ने बुहारी पक्राउ

बोक्सीको प्रमाणपत्र माग्दै लिरा राजधानीमा

बोक्सी आरोपमा छोराबाट आमा घर निकाला

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: