निर्मला पन्त हत्या प्रकरण : प्रतिवेदन सार्वजनिक(पूर्ण पाठसहित)


प्रकाशित मिति :2018-10-07 20:46:35

महिला खबर
ललितपुर ।  निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । सार्वजनिक प्रतिवेदन ३७ पृष्ठको छ ।

आइतबार साँझ गृहको वेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरिएको गृहप्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले जानकारी दिए । यसअघि समितिको प्रतिवेदन गृहमै गुपचुप बनाइएको भन्दै गृहमन्त्रालयको आलोचना भएको थियो ।

प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ । यसअघि साउन १० साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट मात्रै उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै आन्दोलन चर्किएको थियो ।

त्यसपछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति समेत बनाएको थियो । समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।

त्यसअघि नै तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बित भइसकेका थिए । अहिले विभिन्न समितिले घटनाको अनुसन्धान जारी राखेको बताइरहे पनि दोषी भने पत्ता लाग्न सकेको छैन । दोषीलाई कारबाहीको माग गर्दै देशव्यापी रुपमा आन्दोलन भइरहेको छ ।

 

हेर्नुहोस् पूर्णपाठ

निर्मलापन्तहत्या_२०७५।६।४_Corrected_final

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: