-महिला खबर-
ललितपुर । बागलुङमा मंगलबारदेखि २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल संघकोे व्यवस्थापनमा हुन लागेको प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम श्रीसले बताए । प्रतियोगिता सञ्चालन गर्न करीब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताका लागि गलकोट नगरपालिकाले आठ लाख रुपैयाँ, गलकोट सेवा समाज जापानले दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल संघले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
Comment Here!