निर्मला हत्याको वैज्ञानिक अनुसन्धान गर्न निर्देशन


प्रकाशित मिति :2018-10-08 12:35:52

–महिला खबर–

ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको हत्या सम्बन्धमा वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

गएको साउन १० गते कञ्चनपुरको उल्टाखाममा बलात्कार पश्चात् हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीले अनुगमन\अनुसन्धान पश्चात यस्तो निर्देशन दिएको हो ।

अनुगमनबाट प्राप्त प्रारम्मिक प्रतिवेदन उपर आयोगमा छलफल हुँदा उक्त घटनामा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम यथाशीघ्र कार्वाही गर्न आयोगले राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ को दफा ४(१) बमोजिम नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार ८ बूँदाको निर्देशनसहित पत्राचार गरेको आयोगका प्रवक्ता तथा सदस्य मोहना अन्सारीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिई कार्य गर्नुपर्नेमा नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा निराशा बढ्नुका साथै र विश्वसनीयता घटेको पनि पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा १६ ले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा २१(२)ले अपराध पीडितलाई क्षतिपूर्तिको न्याय पाउने हकको व्यवस्था गरे अनुरुप वास्तविक दोषी पत्ता लगाई कानून बमोजिम कार्वाही गर्न तथा पीडित परिवारको न्याय पाउने हक शीघ्र सुनिश्चित गर्न समेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: