हिंसा विरुद्ध अनेम संघको विशेष अभियान


प्रकाशित मिति :2018-10-08 17:22:06

–महिला खबर–

ललितपुर । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले हिंसा रोक्न विशेष अभियान सञ्चालन गर्ने भएका छन् ।

सोमबार दुवै संघले संयुक्त आयोजना गरेको ‘महिला हिंसाका कारण र समाधान’ विषयक अन्तरक्रियामा अनेम संघकी अध्यक्ष गोमा देवकोटाले अभियान अन्तरगत संघको तल्लो तहसम्म पुगेर कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

देवकोटाले अनेम संघले वि.स २००८ सालदेखि नै महिला हिंसा विरुद्ध आवाज उठाइरहेको भन्दै आज पनि महिलामाथिको दमन र अत्याचार बन्द नहुनु दुःखद् भएको बताइन् । संघले तिहारपछि विभिन्न व्यक्तिहरुसँग छलफल पश्चात कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिइन् ।

अध्यक्ष देवकोटाले महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि तीन तहका जनप्रतिनिधहरुलाई निर्देशित गर्ने बताइन् ।

कार्यक्रममा अनेमसंघ क्रान्तिकारीका अध्यक्ष अमृता थापामगरले महिला हिंसा अन्त्य गर्न नयाँ ढंगले अघि बढ्नुपर्ने बताइन् । उनले हिंसा रोक्नका लागि सरकारी स्तरबाटै विशेष कार्यक्रमको आवश्यक पर्ने बताइन् ।

प्रगतिशिल प्रध्यापक संघका अध्यक्ष डा. यादवप्रसाद लामिछानेले नागरिक सचेतनाबाट मात्रै महिला हिंसा रोक्न सकिने बताए । हिंसाका विषयलाई पाठ्यक्रममा समावेश गर्न सके रोकथाममा थप सहज हुने उनको भनाइ थियो ।

अनेरास्वव्युकी उपाध्यक्ष सुनिता बरालले अहिले महिलाहरुमाथि शारीरिक र मानसिक हिंसा बढेको बताइन् । अनेमसंघकी उपाध्यक्ष सिता पाण्डलेले पीडितलाई न्याय दिन र पीडकलाई कारबाहीको दायरामा ल्याउन संघले एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले महिला विरुद्धको हिंसा, स्थिति, कारण र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव संगिता ओझा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव रोसनीदेवी कार्की, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी शाखा अधिकृत लक्ष्मी भण्डारी, मानव अधिकार आयोगका विश्वप्रकाश भण्डारी लगायतले मन्तव्य राख्दै हिंसा न्यूनीकरण रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: