दास दिदीबहिनीलाई एसिड हान्ने पासवान थुनामा


प्रकाशित मिति :2018-10-10 11:54:16

–महिला खबर–

ललितपुर । रौतहटको चन्द्रपुर नगरपालिका ६ की सम्झनाकुमारी दास र सुस्मिता कुमारीलाई एसिड हानेको अभियोगमा पक्राउ परेका रामबाबु पासवान पुर्पक्षको लागि थुनामा गएका छन् ।

पासवान एसिडबाट घाइते दास दिदीबहिनीको उपचारको लागि किर्तिपुर हस्पिटलमा कुरुवा आउँदा अस्पतालबाटै पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटले दासलाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधिश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले मंगलबार मुद्धाको काम कारबाहीका लागि थुनामा राख्न आदेश दिएको हो ।

पासवानलाई छिमेकी दिदी बहिनी १८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितालाई एसिड प्रहार गरेको अरोपमा पक्राउ गरिएको थियो ।

गएको भदौ २६ गते राती पासवानले सम्झना र सुस्मितामाथि एसिड प्रहार गरेका थिए । घटनाको चार दिनपछि मात्रै उनी पक्राउ परेका थिए ।

घटना लगत्तै ईलाका प्रहरी चन्द्रपुरले कल डिटेल्स र पासवानको गतिविधिको आधारमा भदौ ३१ गते पक्राउ गरेको थियो । पासवानलाई अनुसन्धानका लागि २४ दिन हिरासतमा राखिएको थियो ।

एसिडबाट गम्भीर घाइते सम्झनाको उपचारका क्रममा असोज ७ गते राती मृत्यु भएको थियो । सुस्मिता भने उपचार पछि घर फर्केकी छन् ।

यो पनि हेर्नुहोस्

मध्य रातमा सुतेकै ठाउँमा तेजाब छर्कदा दुई बालिका घाइते

बेकसुर जलाइए दुई बालिका (फोटो फिचर)

हामी दिदी बहिनीलाई मध्यरातमा एसिड छ्यापियो

बालिकामाथि एसिड प्रहारको आंशकामा कुरुवा नै पक्राउ

रौतहट तेजाब आक्रमण : कुरुवाले नै छ्यापेको स्वीकार

अन्ततः रहिनन् सम्झना

एसिडः हिंसाको हतियार

रोकिएन एसिड प्रहारको श्रृंखला, तराईमा एसिड प्रतिबन्ध

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: