१५ वर्षभित्रका बालिका बढी असुरक्षित


प्रकाशित मिति :2018-10-12 12:58:30

–इन्द्रसरा खड्का–
ललितपुर । नेपालमा पछिल्लो समय बालिकाहरू बलात्कारको जोखिममा पर्ने गरेका छन् । आफ्नै बाबु वा हजुरबुबा, दाजुभाई, छरछिमेक, चिनेजानेकै व्यक्तिबाटै बालिकाहरू बलात्कृत हुने क्रम बढेको तथ्याङ्ले देखाएको छ ।

यही असोज १९ गते झापामा चार वर्षीया बालिका बलात्कृत भइन् । बलात्कारको आरोपमा कन्काई नगरपालिका–७ का २२ वर्षीय राजकुमार हेमरनलाई प्रहरीले पक्राउ गरेको छ ।

हेमरनले बालिकालाई ललाई फकाई गरी खेतको आलीमा बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए ।

स्थानीयबाट खबर प्रहरीले पाउनेबित्तिकै प्रहरी परिचालन गरेर आरोपी पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । ‘प्रहरी चौकी शरणामतीबाट गएको टोलीले बालिकाको उद्धार गरी हेमरनलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयले जानकारी दिनेबित्तिकै प्रहरी पुगेको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले भने । हेमरनलाई इलाका प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रोल्पामा बुवाबाटै छोरी बलात्कृत भएकी छन् । १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका बुवालाई बुधबार पक्राउ गरेको छ ।

बुवाबाटै पटक–पटक बलात्कृत भएकी १४ वर्षकी बालिका गएको भदौमा भागेर दाङ आफन्तकोमा गएकी थिइन् ।

आमाको मृत्युपछि बुवाले पटक–पटक बलात्कार गर्ने र बलात्कार गरेको कसैलाई भनेमा मार्छु भनि धम्की दिएका कारण चुप लागेकी उनले दाङ पुगेर आफन्तलाई सबै कुरा भनेपछि घटना बाहिर आएको हो ।

सानिमामार्फत न्यायका लागि रोल्पा सदरमुकाम लिबाङ पुगेकी उनले महिला अधिकारकर्मीको सहयोगमा प्रहरीेमा उजुरी दिएकी हुन् ।

छोरी बलात्कारको आरोप लागेका रोल्पा नगरपालिकाका ४३ वर्षीय बुवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

पर्बतमा १२ वर्षको बालकले ६ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । पर्वतको जलजला गाउँपालिका ३ बस्ने १२ वर्षीय बालकले सोही ठाउँमा डेरा गरी बस्दै आएकी ६ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।
पीडित परिवारले प्रहरीमा जवरजस्ती करणी अन्र्तगत मुद्दा हालेपछि जिल्ला अदालत पर्वतले बुधबार ती बालकलाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाएको छ ।

जिल्ला अदालत पर्वतका न्यायाधिश सुर्यबहादुर थापाको आदेशले बालकलाई बाल सुधारगृह सारंगकोट कास्कीमा पठाएको जनाएको छ ।

६ वर्षमा ५ सय ५ बालिका बलात्कृत

नेपालमा ६ वर्षमा ६ वर्षदेखि १५ वर्षसम्मका ५ सय ५ जना बालिका बलात्कार भएका छन् । यस अवधिमा ६ देखी १० वर्ष उमेरका २ सय ३८ जना बालिका बलात्कृत भएका हुन् ।

२०७० सालमा २८ जना, २०७१ सालमा ५१ जना, २०७२ सालमा ४० जना, २०७३ सालमा ३९ जना, २०७४ सालमा ५१ जना र २०७५ सालमा २९ गरी २ सय ८३ जना बालिका बलात्कृत भएको गृह मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ११ देखी १५ वर्षका २ सय ६७ बालिका बलात्कृत भएको पनि गृह मन्त्रालयले जनाएको छ । २०७० सालमा २२ जना, २०७१ सालमा ५६ जना, २०७२ सालमा ५२ जना, २०७३ सालमा ३६ जना,२०७४ सालमा ६८ जना र २०७५ सालमा ३७ जना बालिका बलात्कृत भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कलाई आधा मान्ने हो भने बालिकाहरु आफन्त, नातेदार र साथीभाइबाटै बलात्कृत भएका छन् ।

मनोविद्, नानी थापा

घरपरिवार नै जिम्मेवार हुनुपर्छः मनोविद् थापा

मनोविद् तथा अधिवक्ता नानी थापा पछिल्लो समय दिनहुँ बढिरहेका बलात्कारका घटनाले डरलाग्लो अवस्था सिर्जना भएको बताउँछिन् ।

बलात्कारमा बालक पनि उत्तिकै संलग्न रहेको पाइन्छ । यस्ता घट्नामा बालकलाई संलग्न हुन नदिन परिवारले नै बिशेष ध्यान दिनुपर्नेमा उनको जोड छ ।

सर्वसुलभ इन्टरनेटको पहुँचले पनि यो समस्या आयो आएको हुनसक्ने उनको बुझाइ छ । उनी भन्छिन्, ‘इन्टरनेटको सजिलै पहुँच हुँदा यौन शिक्षाबारे अनभिज्ञ साना बालकले पनि आफूलाई मन परेका कुराहरू सर्च गर्ने र हेर्ने गर्दा यौन अभ्यास गर्न र उत्सुकता मेटाउन आफूभन्दा साना बालिका बलात्कार गर्ने गरेको पाइन्छ ।’

इन्टरनेटको सही सदुपयोग भन्दा दुरुपयोग बढी भएको, परिवार र विद्यालयले यौन शिक्षाबारे सही जानकारी नदिएको परिणाम नै यस्ता घटना हुने गरेको पनि उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: