हिंसामुक्त रहोस् दसैँ


प्रकाशित मिति :2018-10-16 10:55:46

हिन्दू धर्म मान्ने नेपालीहरुको ठूलो पर्व विजयादशमीको रौनक छ जताततै । बाध्यताले घर छोडेका व्यक्तिहरु कोही घर पुगिसकेका छन् भने कोही बाटोमै छन् । आफन्त, नातागोता, छरछिमेक बीच सम्बन्ध बनाउने, टुट्न नदिने, मजबुद बनाउने महत्वपूर्ण माध्यम हो बडादसैँ ।

मिथकलाई आधार मान्ने हो भने महिषासुर जस्तो राक्षसको अहंकार र दम्भलाई नास गर्न देवी अर्थात नारीको उत्पति भयो । देवी र महिषासुरबीच ९ दिनसम्म चलेको युद्धमा देवीद्वारा महिषासुरको वध भयो । देवीको जित भयो, राक्षसको हार । दशौं दिनमा विजयोत्सव मनाइयो । त्यसैले जगतको संरक्षकको रुपमा नारीलाई शक्तिको प्रतिक मानेर दसैँमा नवदुर्गाको आराधना गरिन्छ ।

असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने सकारात्मक विविधताले युक्त दसैँमा व्यक्तिगत स्वार्थ (भाकल) पूरा हुने नाममा देवदेवीको मन्दिरमा बलि दिने कार्य हुन्छ । जुन युग सुहाउँदो काम होइन । कुनै पनि जीव जन्तुको बलि दिनु भनेको हिंसाको बाटो रोज्नु हो । मान्छेलाई हिंस्रक बनाउने मूल मन्त्र हो ।

बलि प्रथाको अन्तरनिहित सन्देशमूलक भाव बुझ्न सकेन मान्छेले । बलि दिनु भनेको त्याग गर्नु हो र हामीभित्र रहेका काम, त्रोध, लोभ, मोह, घृणा जस्ता अमानवीय गुण तथा कुप्रवृत्तिहरू त्याग गर्नु हो; र यो नै सही अर्थमा पञ्चबलि दिनु हो । तर बिडम्बना भन्नुपर्छ हाम्रो अबुझता, बेबुझताले गर्दा हामीले आफ्नो कुप्रवृत्तिको बलि दिनु पर्नेमा निर्दोष पशुको बलि दियौं । जुन प्रथाले हाम्रो कुप्रवृत्ति बढाउनुबाहेक अरू केहि गर्न सक्दैन । निर्मम पशुबलि हुन नदिने र मठ मन्दिरलाई बधशाला बन्नुबाट रोकिनु आजको आवश्यकता हो ।

प्रेम र शान्तिको सन्देश बोक्ने धर्मलाई पशुबलिसँग जोड्नु हुँदैन । धार्मिक मेलालाई पशुबलि महामेला बनाउनु हुँदैन, बन्न दिनु हुँदैन । पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न पार्न मान्छेले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनुपर्दछ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।

आफन्तहरूसँगको भेटघाट, पारिवारिक मिलन, बालबालिकाको खुसी र सांस्कृतिक आस्था बोकेर आएको यो पर्व सबैका लागि प्रिय बनोस्, सबैका लागि खुसी बनोस् र आत्मीयताको माध्यम बनोस् । शक्तिकी प्रतिक दुर्गामाताले कोही कसैलाई अपराधको बाटो नदेखाउन् । दिन प्रतिदिन बढ्दै गएको नारी (साक्षात देवी) माथिको हिंसा, बलात्कार, दमन र अत्याचार रोकियोस् । मान्छेमाथि मान्छेको व्यवहार गर्न नसक्ने र मान्छेलाई बाँच्न नदिने सबैलाई सद्बुद्धि मिलोस् । सबैलाई हार्दिक शुभकामना !

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: