“कसरी मार्न सकेकी आफूलाई बेहुलीझँै सिँगारेर ?”
त्यो भेटमा तिमीले भनेकोे कुरा मैले अहिलेसम्म बिर्सेको छैन ।

बिमला तुम्खेवा
आफ्नी सानी छोरी र लोग्नेका बारेमा तिमीले भनिरहँदा
मैले, मेरी छोरीलाई सम्झिरहेकी थिएँ,
जसको मायाले म हरेक पल
बाँच्ने गर्छु नयाँ जीवन ।
कस्तो अचम्म,
त्यस दिन तिमीसँग भेट हुँदा
तिम्रो आँखा उस्तै चञ्चल थियो
अनुहार त्यस्तै हँसिलो
कहीँ कतै लागेकै थिएन तिमीले त्यसरी आत्महत्या गर्छौ ।
एउटै प्रश्नले मलाई सताइरहन्छ साथी,
झुण्डिएर आफूलाई मार्नुपर्दा पनि
तिमी किन बेहुलीझैँ सिँगारिएर म¥यौ ?
शायद,
यस प्रश्नको जवाफ म जिन्दगीभर पाउने छैन ।
Comment Here!