घरेलु हिंसा पीडित सीता मृत भेटिइन्


श्रीमानले मारेको माइतीपक्षको दाबी

प्रकाशित मिति :2018-10-22 11:47:07

–महिला खबर–

ललितपुर । बैतडीको मेलौली नगरपालिका ३, की सीता भट्ट हराएको डेढ महिनामा मृत भेटिएकी छिन् । पटक पटक श्रीमानबाट घरेलु हिंसामा परेकी उनी भदौको १३ गतेदेखि बेपत्ता थिईन् ।

असोजको २८ गते मेलौलीकै सुर्नया खोलामा सीताको शव भेटिएको थियो । घरेलु हिंसा भोग्दै आएकी सीतालाई उनका श्रीमान रामदत्त भट्टले हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

रामदत्तले मदिरा सेवन गरेर सीतालाई कुटपीट गर्ने गर्थे । श्रीमानको लगातारको कुटाइ सहन नसकी सीता माइती घरमा बस्दै आएकी थिईन् ।

माइतीमा नै रहेकी सीतालाई श्रीमान रामदत्तले कुटपीट नगर्ने भन्दै भदौको १२ गते घर लगेका थिए । सीताका भतिज पुर्णदेव भट्टका अनुसार माइतीबाट घर लगेको दोस्रो दिन नै सीता सम्पर्क विहीन भएकी थिईन् ।

सीताका भतिज पुर्णदेव भट्टले आफ्नी फूपुलाई रामदत्तले नै हत्या गरेको दाबी गरे । ४६ वर्षीया सीताको १९ वर्षको उमेरमा बिहे भएको थियो । उनबाट कुनै सन्तान नजन्मेपछि रामदत्तले दोस्रो बिहे गरेका थिए ।

सन्तान नजन्मेको भन्दै दिनहुँ श्रीमान र परिवारका अरु सदस्यले पनि यातना दिने गरेको भतिज पूर्णदेवको दाबी छ । त्यसै कारणले सीता माईतीमै बस्दै आएको उनले बताए ।

भदौ १२ गते भने श्रीमान रामदत्त नै माइती गई ललाईफकाइ गरेपनि उनी श्रीमानसँग घर फर्किएकी थिईन् । सीता बेपत्ता भएको खबर पाएपछि भाद्र २८ गते माइतीपक्षले प्रहरी चौकी सलेनामा खोजी पाउँ भन्दै निवेदन दिएका थिए ।

सलेना नजिकैको सुर्नया खोलामा असोज २८ गते एउटा शव माझीले फेला पारेका थिए । शवसँगै महिलाको लुगा र घाँटीमा लगाएको माला फेला परेपछि माइती पक्षले सो शव सीताको भएको दाबी गरेका छन् ।

माइतीबाट घर फर्किदा दिएको कपडा र माला शव भएको ठाउँमा फेला परेकाले शव सीताको नै भएको माइतीपक्षले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यलय बैतडीले शव नचिनिने अवस्थामा रहेकाले सीताको हो होइन पत्ता लगाउन डिएनए परीक्षण मात्रै एक विकल्प रहेको बताएको छ ।

सबैभन्दा पहिले शव कसको हो भन्ने पत्ता लागेपछि मात्रै अरु कुराको छानबिन गर्न सकिने जिल्ला प्रहरी कार्यलय बैतडीका डिएसपी नेत्रमणी गिरीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: