सीड कमिटीको बैठकमा नेपालको प्रतिवेदन प्रस्तुत


प्रकाशित मिति :2018-10-23 14:28:43

–महिला खबर–

ललितपुर । स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको संयुक्त राष्ट्रसंघको सीड कमिटीको बैठकमा नेपाल सरकारको तर्फबाट पेश भएको प्रतिवेदन प्रस्तुत भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालमा महिला तथा बालिकाको अवस्थाबारेको प्रतिवेदन पेश गरेकी हुन् ।

नेपाल सरकारले हरेक चार/चार वर्षमा महिला बालबालिकाको अवस्थाबारे प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । यद्यपि, यसअघि भूकम्पको कारण भन्दै नेपालले सीड कमिटीमा प्रतिवेदन पेश गरेको थिएन ।

मन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा नेपालको संविधानले महिलाको हक सुनिश्चित गर्न गरेको व्यवस्था र ती अन्तर्गत निर्माण भएका कानूनका लगायतका विषय समेटिएको छ ।

त्यसैगरी महिलामाथिको सुरक्षा अवस्था, महिलाका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा रहेको अवस्था तथा सरकारले महिलाका अवस्था सुधारमा गरेको पहलको जानकारी पनि प्रतिवेदनमा समेटिएको छ ।

उक्त प्रतिवेदनमाथिको छलफल बैठकमा भइरहेको छ । कमिटीको सदस्यहरुले प्रतिवेदनमाथि राखेको जिज्ञासामा नेपालका तर्फबाट सहभागी सरकारी प्रतिनिधिले जवाफ दिएका छन् ।

यसअघि सोमबार नेपालका गैर सरकारी संस्था, नागरिक समाज लगायतले यहाँको महिला तथा बालबालिको अवस्था बारेमा तयार गरेको छाया प्रतिवेदन प्रस्तुत गरिसकेका छन् ।

उक्त प्रतिवेदनमा विशेष गरेर पछिल्लो समय नेपालमा महिला तथा बालिकामाथि बढ्दै गएको बलात्कार, हत्या तथा असुरक्षाका बारेमा छलफल केन्द्रित थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: