बलात्कारी पक्रन सीमामा कडाइ


मेला हेर्न गएकी बालिका बलात्कृत

प्रकाशित मिति :2018-10-23 16:25:21

-महिला खबर-

ललितपुर । रौतहटमा बलात्कार गरी फरार रहेका युवाहरुलाई पक्राउ गर्न नाका क्षेत्रको सुरक्षा व्यवस्था कडाई गरिएको प्रहरीले बताएको छ ।
गुजरा नगरपालिकाको मनर्वा टोलमा दुर्गा मेला हेर्न गएकी १७ वर्षीया बालिका गएको आइतबार सामुहिक बलात्कृत भएकी थिइन् ।
पीडित बालिकाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् ।

आइतबार राती मेला हेर्न गएकी बालिकालाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्याइदिने भन्दै नहरको डिलमा पुर्याएर दुई जनाले बलात्कार गरेको पीडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी महेन्द्र प्रसाद मरासिनीले घटनामा संलग्नहरुको खोजी भइरहेको बताए ।
उनले भने, ‘मोटरसाईकलमा लैजाने व्यक्तिको नाम र मोटरसाईकल नम्बर समेत खुलेकाले फरार व्यक्ति चाडै पक्राउ पर्नेछन् ।’
बलात्कार गर्ने व्यक्ति नाका क्षेत्रबाट भारतमा भाग्न सक्ने भन्दै जिल्लाको नाका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मरासिनीले जानकारी दिए ।

यसैबीच सोलुखुम्बुमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका–३ बस्ने २२ वर्षीय दिपेन्द्र नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनले सोही स्थान बस्ने ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: