खाडी लैजान भारत पुर्‍याइएका ३७ नेपाली महिलाको उद्दार


प्रकाशित मिति :2018-10-24 12:17:13

–महिला खबर–

ललितपुर । मानव तस्करले घरेलु कामदारको रुपमा खाडी लैजान लागेका ३७ नेपाली महिलाको भारतका विभिन्न स्थानबाट उद्दार गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाको उद्दार गरिएको हो । मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजान भारतका विभिन्न स्थानसम्म पुर्‍याएको थियो ।

सोमबार साँझ नयखण्ड भन्ने स्थानबाट २८ जना महिलालाई उद्दार गरिएको थियो । उनीहरुलाई श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्दार गरिएको जनाइएको छ ।

त्यसैगरी मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक फ्ल्याटमा छापा मार्दा थप ९ जना नेपाली महिला भेटिएका थिए । उनीहरुलाई पनि उद्दार गरिएको छ । ती महिलाहरुसँगै भारतसम्म पुयाइएका अरु दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

छापा मार्ने क्रममा नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट बरामद भएको जनाइएको छ । जसमा विभिन्न खाडी मुलुकमा पर्यटक भिसा लागेको छ ।

तस्कर पहिचान भएका छन्

मानव तस्करीको यो सञ्जालमा तीन जना मुख्य व्यक्ति संलग्न रहेको जनाइएको छ । भारतीय सञ्चार माध्यममा लेखिएअनुसार दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मानव तस्करी गर्ने मुख्य व्यक्ति हुन् ।

अनिलले दुबईबाट गणेशसमक्ष नेपाली महिलाहरुको माग पठाउँछन् । गणेशले महिलाहरुलाई जम्मा गर्दछन् र बसमार्फत केदारनाथसम्म पुर्याउँछन् ।

केदारनाथलाई पक्राउसमेत गरिसकिएको गाजिवादका एसएसपी वैभव कृष्णले बताएका छन् । गणेशसँगै उनका दुई सहयोगी रोमियो जोशी र ज्ञानेन्द्र गिरि पनि पक्राउ परेका जनाइएको छ ।

जोशी र गिरीले केदारनाथ भन्ने व्यक्तिको सम्पर्कमा आएका महिलाहरुलाई इन्दिरापुरममा बस्ने व्यवस्था मिलाउने गरेको आरोप छ । त्यसबापत केदारनाथले एक जना महिला बराबर एक हजार रुपैयाँ उनीहरुलाई दिने गरेको प्रहरीसमक्ष बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: