वृद्धामाथि बर्बर यातनाः थालमा दिसा पिसाब गर्न लगाई कुटपिट गर्दै खुवाइयो


प्रकाशित मिति :2018-10-25 12:16:00

-महिला खबर-

ललितपुर । उदयपुरमा एक वृद्धालाई मानव दिसा पिसाब खुवाइएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीया वृद्धालाई मंगलबार राती थालमा दिसा गर्न लगाई आफै खान लगाएको प्रहरीले जनाएको छ ।

  प्रतिकात्मक तस्बिर

वृद्धाले बुधबार आफूलाई दिसा खुवाएको आरोपमा छिमेकी बक्ते राई, उनकी श्रीमती गर्भी राई र देवबहादुर राई विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी अर्जुन रानाभाटका अनुसार वृद्धा शरीरभरी दिसापिसाब लत्पतिएको अवस्थामै प्रहरीकोमा पुगेकी थिइन् । उनको शरीरमा निलडाम समेत रहेको रानाभाटले बताए ।

वृद्धाको किटानीका आधारमा आरोपितलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली गइसकेको डीएसपी रानाभाटले महिला खबरलाई बताए ।

प्रहरीका अनुसार छिमेकीले अनेक आरोपमा बेलाबेलामा वृद्धालाई कुटपिट गर्दै आएका छन् ।

श्रीमानको मृत्युपछि छोराछोरीबाट अलग बस्दै आएकी उनलाई के कारणले मानव मलमूत्र खुवाइयो भन्ने बारे अनुसन्धान थालेपछि मात्रै भन्ने सकिने डीएसपी रानाभाटले बताए ।

छिमेकीले दिनहुँ जसो आफ्नो बारीमा छाडा गाईबस्तु छोड्ने र लगाएको बालिनाली नास गरेपछि हैरान भई छिमेकीलाई दुखेसो पोख्दा उल्टै आफूलाई मलमुत्र खुवाएको वृद्धाले बताएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: