खुला आकाशमा चराझैं उड्न चाहन्छन्
डर त्रासमा होइन, सुमधुर सम्बन्ध खोज्दैछन् युवा
बोकेका छन् लाखौं सपनाहरू
गराउँछन् सन्सारभरि नेपालको पहिचान हाम्रै युवा ।
खोलाझैं बग्ने, आगोझैं बल्ने युवा
आकाशझैं गर्जिने, बादलझंै बर्सिने युवा
हराउँछन् किन, लाखौं मुटुको ढुकढुकी हुन् युवा
अवसर र सुरक्षित वातावणको पर्खाइमा छन् युवा ।

राजनकुमार श्रीवास्तव
राम्रो वातावरण देऊ, सेवा गर्ने साथ देऊ भन्छन् हाम्रा युवा
हिमालको शिखरझैं उच्च स्थान हासिल गरी देखाउने छन् हाम्रै युवा
विकसित देश बनाउने आँट राख्छन् हाम्रा युवा
गर्छन् सेवा, हुन्छ विकास, बन्छ समृद्ध देश भन्छन् ती युवा ।
कुरौटेको कुराले मन खिन्न बनाउँछन् हाम्रा युवा
कहिले बदलिन्छ मानसिक सोच मनमनै प्रश्न गर्छन् युवा
जन्मे जहाँ बुद्ध र सीता त्यहीं जन्मेको भनी गर्व गर्छन् युवा
बदलिनु छ राष्ट्र गरी निस्स्वार्थ सेवा, परिवर्तन गर्ने आँट राख्छ नेपाली युवा ।
बिर्सेका छैनौं अझैं त्यो विनाशकारी भूकम्पको रात
गरेकै हुन् निस्वार्थ सेवाभावले हजारौं जनतासँग मिलाई काँधमा काँध
पुरिएका थिए हजारौंं महल, घर, मन्दिर, मस्जिद र चर्च केही
थिएन स्वार्थ, न कुनै भेदभाव, धर्म, रगत, नाही जातपातको ।
अँगालोमा राखी सुताए सयौं भविष्यलाई
कसरी एक्लैं छाड्न सक्थ्यौं ती असहाय नवजात शिशुलाई
गर्न देऊ कर्म, फेरिन देऊ भविष्य
अवश्य आउनेछ बदलाव, देऊ साथ हामीलाई ।
गर्न सक्छु, बनाउन सक्छु, बदलिन सक्छु म–मेरो देशलाई
देऊ मलाई स्वच्छ वातावरण, देखाउन सक्छु ल्याई परिवर्तन, देशलाई अझ अगाडि बढाई
गर सहयोग, देखाऊ सद्भाव, बनौंं एकजुट हामी सबै
गर्नेछ सेवा लाखौंं जनताको, त्यागी सुख–चैन दिनरात सबै ।
भन्छन् सबले, के लिएर आएका थियौं र के लिएर जान्छौं तिमी
हाँस्दैं रमाउँदैं भन्ने गर्दछु सबैलाई जगाई मनमा सहयोगको आस
आएको थिएँ लिएर खाली हाथ, साथै मानवीय कार्यमा केवल एक्लो साथ
छाडी जानेछ आफ्नो छाप, ल्याई लाखौं अनुहारमा हँसिलो मुस्कान ।
अटल छन्, विराट् छन्, मेहनती हाम्रा युवा
अझ छन् लाखौं सुरक्षित वातावणको पर्खाइमा बस्दै हाम्रा युवा
गरौं सहयोग, गर्दै जाऊ सहयोग, बढाउँदैं जाऊ अझ
यो देश हाम्रो, यो राष्ट्र हाम्रो, गरौं सम्मान आखिर युवा हाम्रै राम्रो ।
राजनकुमार श्रीवास्तव- समाजसेवी, बिरगंज पर्सा
Comment Here!