प्रचण्डले मुसुक्क हाँस्दै भने, ‘अँ यस्तै छ’


प्रकाशित मिति :2018-10-26 13:13:37

–महिला खबर–

ललितपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र दलीय संयन्त्रमा महिलाको उल्लेख्य सहभागिता बढाउन आफू गम्भीर भएको प्रतिक्रिया दिएका छन् ।

सञ्चारिका समूहको नियमित साप्ताहिक कार्यक्रम ‘समकोण’ छायाङ्कनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले महिला मन्त्री नभएका प्रदेश सरकारहरूमा पनि मन्त्रीपरिषद् बिस्तारका क्रममा महिला मन्त्री थपिने बताए । उनले आफ्नो दलको नेतृत्व तहमा महिलाको उल्लेख्य सहभागिता हुने भन्दै त्यसका लागि पार्टीको महाधिवेशनसम्म पर्खिन आग्रह समेत गरे ।

यसैगरी संवैधानिक आयोगहरू बन्ने क्रममा रहेको र ती आयोगहरूमा समेत सन्तोषजनक रुपमा महिलाको उपस्थिति होओस् भन्ने बारे आफू गम्भीर रहेको उनको थियो ।

स्थानीय तहमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखबीच जिम्मेवारी र कार्यक्षेत्रका बारेमा विवाद भइरहेको रिपोर्ट आएको भन्दै सो समस्याको समाधान एक दुई दिनमै गरिने पनि उनले बताए ।

कार्यक्रम प्रस्तोता निर्मला शर्माले ‘भोट दिने महिला, जित्नेचाहिँ पुरुष छन् नि !’ भनेर सोधेको प्रश्नमा प्रचण्डले मुसुक्क हाँस्दै भने, ‘अँ यस्तै छ ।’

अध्यक्ष दाहालसँग गरिएको कुुराकानी आज राती ९ बजे कान्तिपुर टेलिभिजनमा हेर्न सकिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: