हिंसा रोक्न प्रहरीको विशेष कार्यक्रम


प्रकाशित मिति :2018-10-28 12:52:55

–महिला खबर–

ललितपुर । हत्या, बलात्कार लगायत समाजमा असुरक्षा बढ्दै गएपछि नेपाल प्रहरीले सुरक्षा अभिबृद्धिको लागि विशेष कार्यक्रम थालेको छ ।

नेपाल प्रहरीले स्थानीय तह र नागरिक समाजसँगको सहकार्यमा आज आइतबारदेखि समुदाय–प्रहरी साझेदारी कार्यक्रमको सुरुआत गरेको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार देशभरका सबै स्थानीय तह र नागरिक समाज, अधिकारकर्मी लगायतसँगको साझेदारीमा सुरक्षा कार्यक्रम थालिएको हो ।

‘यो ७७ वटै जिल्ला र सबै स्थानीय तहमा सञ्चालन हुन्छ’ प्रवक्ता सुवेदीले भने, ‘सामुदायिक जनचेतना बृद्धिको लागि हामीले यो कार्यक्रम थालेका हौं ।’

प्रवक्ता सुवेदीका अनुसार यो अभियान अन्तर्गत १२ वटा विभिन्न सुरक्षाका विषयमा प्रहरीले जनचेतना जगाउने छ । जसमा बलात्कार, हत्या, घरेलु हिंसा, लागु औषध दुव्र्यसनी लगायतका छन् । उनले विद्यालय तहमा पनि प्रहरीले जनचेतना जगाउने जानकारी दिए ।

यहि अभियानमा महिलाहरुलाई कसरी आत्मरक्षा गर्ने भन्ने पनि जानकारी दिए प्रवक्त सुवेदीले बताए । निरन्तर चल्ने यो अभियानमा देशभरबाट १० हजार प्रहरी प्रत्यक्षन सहभागी हुने उनले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: