लोग्ने मान्छे, तँ कठोर हुनु पर्छ
मैले त भनेको थिइन कसले भन्यो फेरि ?
त लोग्ने मान्छे
त्यसैले तेरो मन पनि फरक हुनु पर्छ ।
तैले मनको आवाज मनभित्रै दवाउनु पर्छ
मैले त भनेको थिइन, कसले भन्यो फेरि ?
त लोग्ने मान्छे
त्यसैले तैले रुन पनि एकान्त कुर्नु पर्छ ।

रुपा थापा
त लोग्ने मान्छे तैले पहाड बोक्नु पर्छ
मैले त भनेको थिइन, कसले भन्यो फेरि ?
त लोग्ने मान्छे
त्यसैले पहाड बोक्ने भरिया त बन्नु पर्छ ।
त लोग्ने मान्छे तैले लाज मान्नु हुदैन
मैले त भनेको थिइन, कसले भन्यो फेरि ?
त लोग्ने मान्छे
त्यसैले त्यो लाज पनि
त लोग्ने मान्छेबाट पर भाग्नु पर्छ ।
त लोग्ने मान्छे बुढेसकालको लौरी बन्नु पर्छ
मैले त भनेको थिइन, कसले भन्यो फेरि ?
त लोग्ने मान्छे
मनको वह पोख्न पनि
आखिरमा त्यही बृद्धाश्रममा पुग्नु पर्छ ।
Comment Here!