हिंसाको परिणामः आमाले आफूले विष खाएर छोरालाई पनि खुवाइन्


प्रकाशित मिति :2018-10-28 15:22:48

–महिला खबर–

ललितपुर । हिंसाको परिणाम कहिले पनि राम्रो हुन्न भन्ने कुराको उदाहरण दैलेखको घटनाबाट प्रष्ट हुन्छ । श्रीमानको निरन्तरको यातना सहन नसकेपछि दैलेखकी एक महिलाले मर्ने र मार्ने योजनासहित छोरालाई विष खुवाई आफूले पनि विष खाएकी छन् ।

दैलेखको महावु गाउँपालिका–१ बाँसीकी कल्पना नेपालीले २ छोरासहित आफूले विष खादा एक छोराको ज्यान गएको छ भने अर्का छोराको अवस्था गम्भीर रहेको छ ।

विष सेवनका कारण ७ वर्षीय छोरा आयुस नेपालीको मृत्यु भएको छ भने ६ महिनाका अंकितको अवस्था गम्भीर छ । अंकित र कल्पनाको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार हुन नसकेपछि सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

सुर्खेतमा रहेको देउती नर्सिङ होममा अहिले आमा छोराको उपचार भइरहेको प्रहरीले जनाएको छ । कल्पनाको स्वास्थ्यमा सुधार आए पनि ६ महिने छोराको अवस्था भने गम्भीर रहेको छ ।

श्रीमान सुजन नेपालीले दिनहुँ रक्सी खाइ कुटपिट गर्ने र दिनहुँ झगडा गर्ने हुँदा कल्पनाले यो कदम चालेको प्रहरी समक्ष बताएको डिएसपी पोख्रेलले बताए ।

शनिबार बिहान श्रीमान सुजन नेपाली र कल्पनाबिच झगडा भएपछि कल्पनाले छोरालाई विष खुवाएर आफूले पनि खाएकी हुन् ।

विष खाएको उनकी सासूले थाहा पाएपछि अन्य स्थानीयले तीनै जनालाई जिल्ला स्वास्थ्य कार्यालयमा पु¥याएका थिए । जेठो छोराको अस्पताल पुग्नेबित्तिकैै ज्यान गइसकेको थियो ।

‘कल्पनाले विष आफैले खुवाएको बताइ सकिन् । अब कल्पनाको स्वास्थ्यमा सुधार आइसकेको छ । घर फर्केपछि कानूनी प्रक्रिया अनुसार अघि बढाउछौँ’ डिएसपी पोख्रेलले महिला खबरसँग भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: