श्रीमती हत्या गर्ने युवक पक्राउ


प्रकाशित मिति :2018-10-28 16:35:35

–महिला खबर–

ललितपुर । श्रीमती हत्या गरेर फरार भएका एक युवकलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहापोखरी गाउँपालिका वडा नम्बर ६ मौवाबोटेका २० वर्षीय अनिल परियार रहेका छन् ।

महाशाखाको टोलीले शनिबार उनलाई पोखराबाट पक्राउ गरेको हो ।

परियारले १८ वर्षीया श्रीमती लक्ष्मी परियारलाई बसुन्धराको एक गेष्ट हाउसमा गत भदौ १२ गते राति हत्या गरि फरार रहेका थिए । लक्ष्मीको शव गएको भदौ १५ गते मात्र फेला परेको थियो ।

पक्राउ परेका अनिलले हत्या आफैंले गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । लक्ष्मी धादिङको त्रिपुरासुन्दरी–७ घर भई काठमाडौं बोहराटार बस्दै आएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: