महिला हिंसा रोक्न ‘हेल्लो सिएम’ एप


प्रकाशित मिति :2018-10-28 17:17:18

-महिला खबर-

ललितपुर । प्रदेश नं. २ मा अपराध न्यूनीकरण गर्न भन्दै ‘हेल्लो सिएम’ एप ल्याइएको छ । पछिल्लो समय समाजमा बलात्कार र महिलामाथि हुने आपराधिक घटनामा वृद्धि भइरहँदा प्रदेश सरकारले आइतबार उक्त एप सार्वजनिक गरेको हो ।

प्रदेश प्रहरी कार्यालयको आयोजनामा जनकपुरमा भएको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेल्लो सीएम’ एप समेत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राउतले महिला हिंसा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्न हेल्लो ‘सिएम एप’ ले प्रभावकारी भूमिका निर्वाह गर्नेमा जोड दिए ।  एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरि सचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

यसरी काम गर्छ एपले

हेल्लो सिएम एप मार्फत आफुसँग भएका घटना सिँधै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सकिनेछ ।

यो एप एन्ड्रोइड मोवाइलमा डाउनलोड गरि सकेपछि सिएम एपलाई अन गरेर आफ्नो मोबाइल तीनपटक हलाएपछि नजिकको प्रहरी कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत देखाउनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: