अपडेटः क्रूर श्रीमान पक्राउ


प्रकाशित मिति :2018-10-29 17:01:13

–महिला खबर–

ललितपुर । छोराछोरीसँगै सुतेकी श्रीमतीलाई बञ्चरोले हानेर हत्या गर्ने क्रूर श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका १, का वसन्त परियारलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको हो । परियारले श्रीमती सुमित्रालाई आइतबार राती बञ्चरोले हानेर हत्या गरेका थिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख इन्स्पेक्टर महेश्वर उपाध्यायले वसन्तलाई पक्राउ गरी म्याद थपको लागि अदालत पठाइएको जानकारी दिए ।

परियारले श्रीमतीको चरित्रमा शंका लागेपछि आफूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

परियार दम्पत्तीका ३ सन्तान छन् । १६ र १२ वर्षका छोरा र ८ वर्षकी एक छोरी रहेको इन्स्पेक्टर उपाध्यायले बताए ।

बञ्चरोले हानेर बेहोस भएकी सुमित्राको टाउकोबाट बगेको रगत आफ्नो शरीरमा लागेपछि आमामाथि आक्रमण भएको थाहा पाई १२ वर्षका छोराले छिमेकीलाई खबर गरेका थिए । उपचारको क्रममा स्थानीय अस्पतालमा आइतबार राती नै सुमित्राको ज्यान गएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: