अपांग बालिका बलात्कारको आरोपमा दुई वृद्ध पक्राउ


प्रकाशित मिति :2018-10-30 12:05:15

–महिला खबर–
ललितपुर । भक्तपुरमा सुस्त मनस्थिति भएकी बालिका बलात्कृत भएकी छिन् ।  आइतबार राति चाँगुनारायण नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–४ संगमटोलका ७३ वर्षीय दुई वृद्धलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायव निरीक्षक एक बहादुर कुमालले जानकारी दिए ।

पक्राउ पर्नेमा ७३ वर्षीय स्याम मिजार र वर्ष ७३ कै घटेरा सार्की रहेका छन् । प्रनानी कुमालले घटना बारे थप अनुसन्धान भइरहेको बताए ।
यसैबीच भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर बेलडाँडी गाउँपालिका–२ घर भएका ३१ वर्षीय विष्णुबहादुर शाही रहेका छन् ।

उनले गत असोज ४ गते खोटाङ घर भई हाल भक्तपुर दुवाकोट बस्ने महिलालाई बलात्कार गरेको आरोप लागेको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका शाहीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: