सुत्केरी भत्ता नपाएको गुनासो


प्रकाशित मिति :2018-10-30 12:50:30

-महिला खबर-

ललितपुर । नेपाल सरकारले प्रदान गर्दै आएको सुत्केरी भत्ता बैतडीका महिलाले पाउन नसकेको गुनासो गरेका छन् ।

नियमित रुपमा गर्भ चेकजाँच गराई स्वास्थ्य संस्थामै प्रसूति भए पनि सुत्केरी भत्ता नपाएको बैतडीको दशरथचन्द नगरपालिका ८ कि बिना थापाले बताइन् ।

गत साउनमा जिल्ला स्वास्थ्य कार्यालयमै गएर शिशु जन्माएको भए पनि अहिलेसम्म भत्ता नपाएको उनले गुनासो गरिन् ।

‘यो भन्दा पहिले स्वास्थ्य सस्थामै सुत्केरी हुँदा शिशुलाई न्यानो कपडासहित पैसा पनि मिल्थ्यो । तर, मैले भने कुनै सेवा पाइन’ उनले भनिन् ।

पाटनकी हिरा ठगुन्नाले पनि साउनमै शिशु जन्माइन् । उनले पनि सुत्केरी भत्ता पाएकी छैनन् ।

‘स्वास्थ्य संस्थामै सुत्केरी भए पैसा पाइन्छ भन्ने सुनेकी थिएँ । मैले भने पाइन । किन पैसा पाइएन थाहा भएन’ उनले भनिन् ।

स्वास्थ्य संस्थामा सुत्केरी भएबापत एक जना महिलालाई २ हजार ८ सय दिने गरिन्छ ।

नियमित गर्भ चेकजाँच गरेबाफत ८ सय, यातायात खर्च २ हजार गरी २ हजार ८ सय दिने गरे पनि बजेट कम हुँदा यो साउन महिनादेखि कुनै पनि सुत्केरीलाई भत्ता दिन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका नर्स ममता जोशीले बताइन् ।

यो वर्ष स्वास्थ्य क्षेत्रमा बजेट अत्यन्तै कम भएको र बजेट थप्न माग गर्दा समेत केन्द्रबाट कुनै प्रतिक्रिया नआएकाले समस्या भएको बैतडीका स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा आवश्यक बजेट नहुँदा र भएको बजेट पनि नगरपालिका, गाउँपालिकाले निकासी नगर्दा समस्या भएको स्वास्थ्य संयोजकहरुले बताएका छन् ।

नयाँ संरचना अनुसार स्वाथ्यसंस्थामा आउने बजेट स्थानीय तह मार्फत विनियोजन हुन थालेपछि झनै समस्या हुन थालेको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: