–महिला खबर–
ललितपुर । आज बुधबार र भोलि बिहीबार देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध पनि गरेको छ ।
एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई समेत निःशुल्क जुकाको औषधि खुवाइउनुका साथै ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको पोषणस्थिति थाहा पाउन पाखुराको नाप समेत लिइने जनाइएको छ ।
६ महिनादेखि २३ महिनाका बालबालिकाका लागि सुक्ष्म पोषण थाहा पाउन बालभिटा वितरण गरिएको छ ।
Comment Here!