गाउँमा सहज प्रसूति सेवा नहुँदा सदरमुकाममा चाप


प्रकाशित मिति :2018-10-31 15:30:57

-सर्मिला बुढाथोकी-

दोलखा । ग्रामीण भेगमा सुविधा सम्पन्न प्रसुती केन्द्र र दक्ष प्रसूतिकर्मी नभएका कारण सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बढ्दै गएको छ ।

यसअघि चरिकोट अस्पतालमा मासिक ८० जनाको हाराहारीमा प्रसूति सेवा लिने महिला हुन्थे । असोज महिनामा यो संख्या बढेर ९५ पुगेको प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले बताए ।

चरिकोट अस्पतालका प्रसूति गराउने स्वास्थ्यकर्मीको टीम

अस्पतालमा प्रसूति सेवाको लागि आधुनिक प्रविधि र पर्याप्त दक्ष प्रसूतिकर्मी रहेकोले पनि प्रसूति सेवा लिनेको संख्या बढेको उनको भनाइ छ ।

अस्पतालमा प्रसूति सेवाको लागि आउनेमध्ये १० प्रतिशत जटिल अवस्थाका हुने पनि उनले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले प्रसूति सेवाको लागि आउने मध्ये ५ देखि १५ प्रतिशत गर्भवतीको मात्र शल्यक्रिया गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

मेडिकल डाइरेक्टर डा. दंगालले अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड भित्रै रहेर प्रसूति सेवा दिन सकिएको बताए । उनका अनुसार साढे २ वर्षको अवधीमा अस्पतालबाट झण्डै तीन हजारले प्रसूति सेवा दिएका छन् ।

सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा निःशुल्क सेवाको साथै तीन हजार रुपैयाँ नगद समेत दिने गरेको छ । प्रसूतिपछि पनि चार पटक नियमित स्वास्थ्य परीक्षणमा आउने महिलालाई थप आठ सय रुपैयाँ प्रोत्साहन रकम समेत दिने व्यवस्था रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: