अधिकांश घरेलु हिंसामा मिलापत्र


प्रकाशित मिति :2018-10-31 16:30:48

–महिला खबर–
ललितपुर । बाँके प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा आएका घरेलु हिंसाका उजुरीमध्ये अधिकांश मिलापत्र गरिएको छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा परेका तीन सय ९७ घरेलु हिंसाका उजुरी मध्ये तीन सय ५९ घटना मिलापत्र गरिएको छ भने २६ उजुरी अदालतमा पठाइएको छ । यस्तै १२ उजुरी मिलाउन बाँकी रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा कूल उजुरी चार सय ८३ मध्ये चार सय ४२ घरेलु हिंसाका घटना मिलापत्र गरिएको छ । त्यस्तै २७ उजुरी अदालतमा पठाइएको छ भने १४ उजुरी मिलाउन बाँकी छ ।

चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म एक सय ४४ उजुरी मध्ये ७३ घटना मिलापत्र गरिएको छ । कार्यालयकी प्रहरी उपरीक्षक अरुण पौडेलले पछिल्लो समय महिला हिंसा तथा बालबालिकामाथि गरिने दुव्र्यवहारका घटना बढ्दै गएको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: