-मिना बुढाथोकी-
सल्यान । शारदा नगरपालिका–८ मार्केको सिमखर्ककी ५० वर्षीया केवली नेपालीको हत्या गर्ने युवकलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
चोरी गर्ने उद्देश्यले महिलाको घरमा गएर हत्या गर्ने शारदा नगरपालिका ८ सिमखर्क बस्ने १९ वर्षीय राजु भनि चिनिने बीरबहादुर बस्नेत रहेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार असोज २५ गते राती ति युवकले महिलाको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।
श्रीमानको मृत्यु पश्चात मृतक नेपाली लामो समयदेखि तिन छोरा र दुई छोरीहरुसँग भारतमा बस्दै आएकी थिईन् । दसैँ मनाउन असोज २२ गते घर फर्किएकी थिईन् ।
भारतबाट दसैँ मनाउन आएकाले ति महिलासँग धेरै पैसा हुन सक्छ भनि चोरी गर्न गएका ति युवकले दुई सय रुपैयाँ मात्रै फेला पारेपछि महिलाको हत्या गरेको जनाइएको छ ।
नेपालीको घाँटीमा डोरी कसी धारिलो चक्कुले रेटी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको सल्यान प्रहरी प्रमुख डिएसपी बिरेन्द्रबहादुर शाहीले बताए ।
Comment Here!