–महिला खबर–
ललितपुर । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मीको मदाने गाउँपालिका ६ पनाहाका ३२ वर्षीय दुर्गा नेपालीेलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमती सीता नेपालीलाई कुटपिट गरी हत्या गरेर नेपाली शुक्रबार फरार भएका थिए । श्रीमतीको हत्या गरेर भागेका नेपालीलाई आज आइतबार बिहान जंगलमा लुकिरहेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय पुरकोटका इन्स्पेक्टर रविराज थपलियाले बताए ।
अहिले नेपालीलाई जिल्ला प्रहरी कार्यलयमा लैजाने तयारी भएको उनले जानकारी दिएका छन् ।
Comment Here!