हिंसाका घटना राेक्न मदिरा र जुवातास प्रतिबन्ध


प्रकाशित मिति :2018-11-04 15:27:09

–महिला खबर–

ललितपुर । मदिरा र जुवातासले गाउँमा विकृति बढ्न थालेपछि अछामको रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका समयमा जाँडरक्सी र जुवातासमा प्रतिबन्ध लगाएका छन् ।

महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेलाले तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइनुका साथै जुवातास खेल्न खेलाउन नपाइने निर्णय गरेको हो ।

महिलाहरुले गएको दसैँमा पनि वडामा मदिरा र जुवातासमा प्रतिबन्ध लगाएको थियो । सञ्जालको निर्णय विपरीत कसैले मदिरा सेवन, बिक्री वितरण गरेमा, जुवातास खेले र खेलाएमा कारबाही गरिने महिला सञ्जालका अध्यक्ष हङ्शकला न्यौपानेले बताइन् ।

मदिराका कारण महिला हिंसाका घटना बढ्न थालेकापछि अभियान नै चलाएको उनको भनाइ छ ।

जाँड रक्सी र जुवातास विरुद्धको अभियान प्रभावकारी बन्दै गएको वडाका वडा सदस्य नन्दराज उपाध्यायको भनाइ छ । सञ्जालले छाउपडी कुप्रथा, जातीय विभेद, घरेलु तथा महिला हिंसाका विरुद्धमा समेत अभियान चलाउँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: