निर्मलाका आमाबुवा धर्ना बस्दै


प्रकाशित मिति :2018-11-11 12:22:23

–महिला खबर–

ललितपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका आमाबुवा आजदेखि धर्ना बस्ने भएका छन् ।

छोरीको हत्या भएको १ सय दिन भन्दा बढी भइसक्दा समेत दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै उनीहरु अनिश्चितकालीन धर्ना बस्न लागेका हुन् ।

कात्तिक १२ गते आफ्नै घरमा पत्रकार सम्मेलन गरी अनिश्चितकालीन धर्ना बस्ने चेतावनी दिएका उनीहरु आज २५ गतेदेखि धर्नामा बस्न लागेका हुन् । निर्मलाका बुबा यज्ञराज पन्तले अब केहीबेरमै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्न लागेको महिला खबरलाई बताए ।

निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न बनाइएका छानबिन समितिबाट पनि प्रभावकारी छानबिन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्मीको आरोप छ ।

घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: