फाल्गुनन्दको अभियान स्मरणीयः प्रम ओली


प्रकाशित मिति :2018-11-11 14:22:06

–महिला खबर–

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसंगति विरुद्ध सुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन् ।

फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका हुन् ।

सुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बुंदे घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणा पत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान ग¥यो ।’

फाल्गुनन्दले समाज सुधारका लागि दिएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि त्यसलाई सुधार गर्ने तर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।

फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेको जसले समाजमा शान्ती कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको सुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो ।

खासगरी किराँत धर्मावलम्बीहरुले फाल्गुनन्दलाई प्रेरक व्यक्तित्वको रुपमा समेत सम्मान गर्ने गर्दछन् । प्रधानमन्त्री ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला फाल्गुनन्दको जन्मदिनको दिन किराँत धर्मवालम्बीहरुलाई सार्वजनिक विदा दिन सुरुवात गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: