निर्मलाको परिवारै अनिश्चितकालिन धर्नामा


प्रकाशित मिति :2018-11-11 14:40:42

–महिला खबर–

ललितपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारै धर्नामा बसेको छ ।

पन्तका हत्यारा पक्राउ गर्न माग गर्दै परिवारका पाँच जना सदस्य आजदेखि अनिश्चितकालिन धर्नामा बसेका हुन् ।

कञ्चनपुर जिल्ला प्रशासन अगाडि पन्तका आमाबुवासहित १२ बजेदेखि धर्ना बसेका हुन् । धर्ना अघि नागरिक संघर्ष समिति लगायत अधकारकर्मीले महेन्द्रनगरको मदनचोकदेखि र्याली निकालेका थिए । र्याली जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर समापन भएको थियो ।

निर्मला पन्तकी आमा दुर्गादेवी पन्त, बुवा यज्ञराज पन्त, कान्छी आमा लक्ष्मी पन्त, दिदी मनिष पन्त र भाई मोहित पन्तसहित परिवार नै धर्नामा बसेको पत्रकार केपी अनमोलले महिला खबरलाई बताए ।

निर्मलाका हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताए ।

फेरि पनि दोषीलाई सार्वजनिक गर्न सरकारले चासो नदेखाए आमरण अनसनमा बस्ने चेतावनी पन्त परिवारले दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: