बाख्रा चराउन गएकी बालिकाको रहस्यमय मृत्यु


प्रकाशित मिति :2018-11-12 13:20:55

-महिला खबर-

ललितपुर । उदयपुरको रौतामाई गाउँपालिकामा बाख्रा चराउन गएकी बालिकाको रहस्यमय मृत्यु भएको छ । रौतामाई ३, लाफागाउँकी १३ वर्षीया एल्जिना खड्का २४ गते दिउँसो बाख्रा चराउन जंगल गएकी थिइन् ।

उनी राती अबेरसम्म नफर्किएपछि परिवारले खोजी गरेका थिए । शनिबार रातिदेखि आइतबार बिहानसम्म खोज्दा पनि फेला नपारेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

आइतबार दिउँसो सोही वडाको देउवाली जंगलमा सालको रुखमा अड्किएको अवस्थामा बालिकाको शव फेला परेको रौतमाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ज्यु ठकुरीले बताइन् ।

परिवारले घटना रहस्यमय भएको भन्दै प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यलय उदयपुरबाट डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको छ ।

घटनास्थलमा पुगेका डिएसपी रानाभाटले घटनाको प्रकृती हेर्दा हत्या गरिएको हो की भन्ने आशंका रहेको बताए ।

उनले भने,‘ बालिकाको शरीरमा चोटपटक लागेको छ । गलामा चिथोरे जस्तै देखिन्छ शव हेर्दा हत्या गरिए जस्तो भएपनि अहिले हामी केही भन्न सक्दैनौं । शवलाई पोष्टमार्टमको लागि सदरमुकाम लग्दैछौं पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ ।’

घटनास्थलमा पुगेको प्रहरी टोलीले जंगलमा गोठाला गएका लगायत अन्य स्थानीयलाई पनि सोधपुछ गरिएको प्रहरीले जनाएको छ । मृतक बालिका गाउँमै रहेको जनता माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: