किशोरी बन्धक बनाइ बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2018-11-12 15:27:55

-महिला खबर-

ललितपुर । देउसी–भैलो खेल्न हिँडेकी किशोरीलाई बन्धक बनाई बलात्कार गर्ने एक युवा पक्राउ परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकाकी १७ वर्षीया किशोरीलाई देउसी खेल्न जाउ भन्दै सोही नगरपालिका वडा नम्बर –९ सयपत्री टोलका २० वर्षीय प्रेम रायले जबरजस्ती करणी गरेका हुन् ।

कार्तिक २२ गते देउसी खेल्न जाने भन्दै उनले आफन्तको घरमा लगेर किशोरीलाई बन्धक बनाएर रातभरी बलात्कार गरेको आरोप छ ।

उनलाई २३ गते नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी अर्जुन रानाभाटले बताए ।

बन्धक बनाइएकी किशोरीलाई ज्यान मार्ने धम्की दिँदै पटक–पटक बलात्कार गरेको भन्दै किशोरीका आफन्तले शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पक्राउ परेका रायलाई म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: