छोरी बलात्कार गर्ने बुवा पक्राउ


प्रकाशित मिति :2018-11-12 15:55:45

–महिला खबर–

ललितपुर । श्रीमती माइत गएको मौकामा कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ परेका छन् ।

१४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका व्यक्ति पक्राउ परेका हुन् । बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

प्रहरीका अनुसार किशोरीका हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ ।

किशोरीले उक्त घटना हजुरआमालाई सुनाएकी थिइन् । त्यही आधारमा हजुरआमाले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: