सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त


प्रकाशित मिति :2018-11-13 15:44:46

–महिला खबर–

ललितपुर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्रोतका अनुसार मन्त्री सोडारीलाई पदबाट हटाइएको हो ।

नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदबाट हटाएका हुन् ।

सोडारीले पदीय मर्यादा विपरीत आचरण गरेकाले उनलाई पदबाट हटाइएको बताइएको छ ।

अब तत्कालीन एमालेबाट विजयी प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिने तयारी छ । उनलाई आजै बेलुका मन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

आजै चार बजे प्रदेश सरकारले उहाँको स्थानमा प्रदेशसभा सदस्य कृष्णराज सुवेदीलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको छ ।

सोडारीले भने पार्टीगत गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: