आमा नामसहितको राष्ट्रिय परिचय पत्र मंसिर ३ गतेबाट वितरण हुँदै


प्रकाशित मिति :2018-11-13 16:07:58

–लेखनाथ खतिवडा–

पाँचथर । नेपालमै पहिलोपटक पाँचथरबाट आगामी मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु हुने भएको छ । वितरण गर्न लागिएको परिचय पत्रमा आमाको नाम पनि समेटिएके छ ।

यस अघि नमूनाको रुपमा बाहिर आएको राष्ट्रिय परिचय पत्रमा आमाको नाम थिएन । त्यसको चौतर्फी विरोध भएपछि संसोधन गरिएको परिचय पत्रमा आमाको नाम समावेश गरिएको हो ।

०७५ असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको पाँचथर जिल्लामा आगामि मंसिर ३ गते विशेष समारोहको आयोजना गरि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए ।

सोमबार जिल्लामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा छलफल र तयारीपछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनले जानकारी दिए ।

‘शुभारम्भका लागि सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने तयारी गरेका छौँ’ महादिर्नेशक काफ्लेले भने ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा कात्तिक २० गतेसम्ममा ५० हजार, ९ सय ७४ जना पाँचथरवासी नेपाली नागरिकको विवरण संकलन भइसकेको महानिर्देशक काफ्लेले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र संकलन र वितरणको कार्य निरन्तर चलिरहने प्रकृया भएको भन्दै पाँचथरका ६ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य पुरा भइसकेको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए ।

सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारीका साथ विवरण संकलनको कार्य पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीबाट सुरु गरेको थियो ।

के-के समेटिन्छ परिचय पत्रमा ?

राष्ट्रिय परिचय पत्रमा वैयक्तिक र जैविक पहिचान समेटेर नागरिकलाई छुट्टै विशेष नम्बरसहित दिइने परिचयपत्र नागरिकता भन्दा बढी उपयोगी परिचयपत्र हुने वताइन्छ । त्यसमा व्यक्तिको नाम, फोटो, दुबै हातको बुढी र चोर औँलाको छाप, उमेर, लिङ्ग, बाबुबाजेको नामलगायतका विवरण उल्लेख गरिन्छ ।

परिचय पत्र यन्त्रले अध्ययन गर्नसक्ने गरी चिप्समा सङ्ग्रहित गरिन्छ । त्यसलाई मतदाता परिचयपत्र, व्यक्तिको राष्ट्रिय पहिचान पत्र, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेखका लागि बैंक तथा वित्तीय कारोबारको अभिलेखको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

स्वच्छ र निष्पक्ष निर्वाचनको प्रमुख आधार, सानातिना काममा गाविस, नगरपालिका वा जिल्लाको सिफारिस लिनु नपर्ने, दोहोरो परिचयपत्र वा नक्कली परिचयपत्र बनाउन नसकिने र अपराध नियन्त्रणका लागि समेत सहयोगी हुने अपेक्षा गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: