एन्जिना हत्या घटनाः दुई बालक सार्वजनिक


प्रकाशित मिति :2018-11-15 15:11:54

–महिला खबर–

लतिलपुर । १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएको आरोपमा आज प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । खड्का गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएका बेला मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका हुन् ।

फायल फोटो

प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नामपरिबर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याको आरोपमा चार दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार गत शनिबार बालिका खड्का एक्लै घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् ।

बालिका एक्लै देखेर दुई बालकले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको आरोपितहरूले स्वीकार गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख राईले बताए ।

बाख्रा चराउन गएकी बालिका राती अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजीकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ ।

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणको लागि सुनसरीको बीपी मेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ ।

अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज आरोपितलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताएको छ ।

आरोपितहरू नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधार गृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्ड सजाय बमोजिम कारवाही अगाडि बढाउने प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: