धर्ना बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै


प्रकाशित मिति :2018-11-15 15:56:05

-महिला खबर-

ललितपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न धर्ना बसेका बालिकाका परिवारको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

निर्मलाको हत्या गरिएको लामो समय भइसक्दा समेत न्याय नपाएको भन्दै धर्नामा बसेका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त र कान्छी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था बिग्रदै गएको अधिकारकर्मी शारदा चन्दले बताइन् ।

घटना भएको साढे तीन महिना बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारले कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका हुन् ।

पाँच दिनदेखि निरन्तर धर्नामा बसेका उनीहरुमा चिसोका कारण रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएपछि आज स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेका छन् ।

स्वास्थ्य परीक्षणको रिपोर्ट भने आउँन बाँकी रहेको चन्दले बताएकी छन् । धर्नामा बसे पनि सरकारी पक्षबाट कुनै वास्ता नभएको स्थानीयले बताएका छन् ।

‘छोरीका हत्यारा पत्ता नलागुञ्जेल धर्ना नछोड्ने भन्दै यज्ञराजले ५ दिनसम्म खाना पनि खाएका छैनन्’ अधिकारकमी चन्दले भनिन् ।

समयमा खानपिन नहुँदा र अनिदोका कारण पन्तको अवस्था निकै कमजोर बनेको स्वास्थ्यकर्मीले बताएका छन् ।

निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले धर्ना स्थलमा पुगेर स्वास्थ्यकर्मीसँग पीडित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

Image may contain: 4 people, people sitting

Image may contain: 1 person, sitting

Image may contain: 2 people, people sitting

Image may contain: 8 people, including Bharati Chaudhary and बृृद्धा आश्रम शारदा चन्द, people sitting

Image may contain: 1 person, sitting

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: