डा. अञ्जान शाक्यबारे यस्ता छन् प्रतिक्रिया


प्रकाशित मिति :2018-11-16 15:53:23

–महिला खबर–

ललितपुर । डा. अञ्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय बाहिरिएसँगै उनका बारेमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

सामाजिक संजाल र केही संचार माध्यममा समेत डा. अन्जान शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीकी साली भएकैकारण राजदूत हुन लागेका भ्रामक कुराहरु आएपछि सामाजिक संजाल प्रयोगकर्ताबाटै त्यो आरोपको ब्यापक विरोध भइरहेको छ ।

कुनै महिलाको ठूलो नेतासँग थर मिल्दैमा वा नजिकको सम्बन्ध हुँदैमा व्यक्तिको योग्यता र क्षमता भन्दाबाहिर गएर अयोग्यताको ट्याग लगाइहाल्नुले महिलाप्रतिको आम धारणा प्रष्ट हुने प्रतिक्रिया आइरहेका छन् ।

नेपाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता डा. शाक्यलाई कार्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकका २२ निर्णय सार्वजनिक गर्दै सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन मार्फत यो निर्णय सुनाएका थिए ।

व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी शाक्यले पद्मकन्या कलेजमा करीब एक दशक प्राध्यापन गरेकी थिइन् । उनले अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेकी काम गरेकी छन् ।

सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाउने र रिक्त भएको पदमा डा. अञ्जान शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

हेर्नुस् उनीबारे सामाजिक संजालमा आएका प्रतिक्रियाः

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: