संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिको नेपाल भ्रमण भोलिबाट


प्रकाशित मिति :2018-11-18 14:55:35

–महिला खबर–

ललितपुर । संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधि डुब्राभका सिमोनोभिच भोली मंसिर ३ गतेबाट नेपाल भ्रमण गर्ने भएकी छन् ।

नेपालमा महिलामाथि हुने हिंसा सम्बन्धी प्रतिवेदन तयार पार्न उनी नेपाल आउन लागेकी हुन् । उनले १० दिन नेपालमा बिताउने नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ ।

राष्ट्रसंघको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल भ्रमणका बेला डुब्राभकाले महिलामाथि हुने लैंगिक हिंसा र हिंसाबाट प्रभावित महिलाले सामना गर्नु परेका समस्याका बारेमा छलफल गर्ने उल्लेख छ ।

नेपाल बसाइमा उनले नेपालमा कार्यान्वयनमा रहेका महिला सम्बन्धी कानून, नीति, बचाउका पहलका विषयमा जानकारी लिने र सरकारी उच्च अधिकारीहरुसँग भेटेर छलपल गर्ने पनि जनाइएको छ ।

नेपालमा रहेका राष्ट्रसंघका प्रतिनिधि, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, हिंसा पीडित महिलासँग पनि उनले भेटघाट गर्ने कार्यक्रम छ ।

नेपालबाट फर्किनु अघि आफ्नो नेपाल बसाइमा महिला हिंसा सम्बन्धी प्राप्त सूचनालाई उनले पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जनाइएको छ । नेपाल सम्बन्धी अन्तिम प्रतिवेदन भने उनले सन् २०१९ को जुनमा राष्ट्रसंघीय मानवअधिकार परिषदमा बुझाउने छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: