फरार प्रतिबादी विनोदकुमार पक्राउ


प्रकाशित मिति :2018-11-18 15:15:13

–महिला खबर–

ललितपुर । केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले आज वैदेशिक रोजगारका कसुर विनोदकुमार कार्कीलाई पक्राउ गरेको छ ।

ताप्लेजुङ्को थुम्वेदिन गा.बि.स. वडा नं. १ बस्ने नर्थ पोल ओभरसिज प्रा.लि.का संचालक विनोदकुमार कार्कीलाई ब्यूरोको टोलीले आज मण्डीखाटार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई वैदेशिक रोजगार कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणले २०७१।०७।२३ गते ४ वर्ष कैद र चार लाख जरिबाना गर्न आदेश दिएको थियो ।

२०६८ सालमा काठमाडौं नक्शालस्थित नर्थ पोल ओभरसिज प्रा.लि.को संचालक कार्कीले आकर्षक वैदेशिक रोजगारको लागि पोल्याण्ड, यु.ए.ई., मलेसिया र बहाराईन पठाईदिने प्रलोभन देखाई जाहेरवाला सुरेन ढकाल लगायतका विभिन्न सर्वसाधारण ब्यक्तिहरुबाट रु सोह्र लाख, त्रिचालिस हजार, सात सय उन्नाइस रुपैयाँ लिई भने बमोजिम रोजगारीमा नपठाई रकम समेत फिर्ता नगरी ठगी गरेका आरोप थियो ।

साथै वैदेशिक रोजगार न्यायाधिकरणबाट प्रतिबादीबाट पिडीत व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जाना रकमसहित हुन आउने रकम रु चौबिस लाख, पैंसठ्ठी हजार, पाँच सय तिरानब्बे रुपैयाँ दिलाई भराई दिने समेत फैसला भएको थियो ।

काठमाडौं जिल्ला अदालतमा पेश गरिएका प्रतिबादी कार्कीलाई अदालतको आदेशले कैद भुक्तानको लागि आम मंसिर २ गते नै केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: