पटक–पटक बालिका बलात्कार गरी गर्भवती बनाउने प्रहरी कब्जामा


प्रकाशित मिति :2018-11-18 15:50:55

–विष्णुप्रसाद पोखरेल–

दमक । झापाको कमल गाउँपालिका ६ का २८ वर्षीय सञ्जिव राईले दमककी १३ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेर गर्भवती बनाएको खुलेको छ ।

उनले बालिकालाई ललाईफकाई पाँच महिनायता पटक पटक बलात्कार गर्दै आएको खुलेको हो । दुई छोरोछोरीका बाबु राईले ती बालिकालाई मावला जाँदा फकाएर बलात्कार गरेका थिए । अहिले बालिका ५ महिनाको गर्भवती रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र यक्तेनका अनुसार दमकको कृष्ण मन्दिर छेउ बाँसघारीमा बालिकामाथि जबरजस्ती करणी भइरहेको खबर पाएपछि प्रहरी त्यहाँ पुगेर पक्राउ गरिएको हो ।

‘दुबैजनालाई आफन्तले समाएर गरेर राखेको अवस्थामा हामीले पक्राउ गरि लिएर आएका हाैं’ प्रहरी निरीक्षक यक्तेनले भन्नुभयो ।

प्रहरीका अनुसार आइतबार बालिकाको भिडियो एक्सरे गरिएको छ । सोमबार बिहान बालिकाको स्वास्थ्य जाँचका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

पीडकलाइ कारबाही गर्दा क्षतिपुर्ति नपाइने र गर्भपतन गराउन समेत रकम अभाव हुने भन्दै घटना मिलाउन समाजका केहि अगुवा व्यक्तिहरुले प्रयास गरेका थिए । यद्यपी, प्रहरीले दोषीलाई पक्राउ गरेपछि घटना सार्वजनिक भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: