पत्रकार इन्दिरालाई अन्तर्राष्ट्रिय पुरस्कार


प्रकाशित मिति :2018-11-19 11:56:36

–महिला खबर–

रुपन्देही । रुपन्देहीका पत्रकार इन्दिरा अर्यालले ‘ग्रामिण जीवनमा महिला सिर्जनशिलता’ प्राप्त गरेकी छिन् ।

ग्रामिण महिलाहरुको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै स्वीट्जरल्याण्डको संस्था ओमन वर्ल्ड समिट फाउण्डेशनले अर्याललाई पुरस्कार प्रदान गरेको हो । पुरस्कारकाे राशी एक हजार अमेरिकी डलर रहेको छ ।

अर्याललाई परिर्वतनका लागि कार्यरत महिला समुह (वाच)ले आईतबार बुटवलमा गरेको एक कार्यक्रममा पत्रकार अर्याललाई प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त पुरस्कार हस्तान्तरण गरे ।

कार्यक्रममा मन्त्री बरालले यस्ता सम्मानले ग्रामिण क्षेत्रका महिलाहरुको जीवनस्तर उकास्न थप काम गर्न हौसला मिल्ने बढाए । उनले समाजलाई सकारात्मक दिशातर्फ लैजान सबैको भुमिका अपरिहार्य रहने पनि बताए ।

मन्त्री बरालले सीमान्तकृत सामुदायका समस्या, उनीहरुले गरेका योगदान, तिनीहरुका समस्या लगायत बाहिर ल्याउन जरूरी भएको पनि बताए ।

कार्यक्रममा आफ्ना अनुभव राख्दै पुरस्कृत पत्रकार अर्यालले पत्रकारिताका शुरुका दिन निकै पीडादायी रहेपनि अहिले त्यसको प्रतिफल मिठो रहेको बताईन् । उनले समाजमा पछाडि पारिएका वर्गलाई अगाडी ल्याउनलाई निरन्तर समाजिक अभियानमा लागि रहने पनि जनाईन् ।

स्वीस सरकार मार्फत ओमन वर्ल्ड समिट फाउण्डेशनले यो पुरस्कार सन् १९९५ देखि दिँदै आएको छ । हरेक वर्ष विश्व ग्रामिण महिला दिवस (अक्टोवर पन्ध्र तारिख) का दिन उक्त पुरस्कार वितरण गर्ने गर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: