महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई सहयोग गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सोमबार रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई तीन लाखको चेक हस्तान्तरण गरेका हुन् ।
भीमदत्त नगरपालिकाले तेस्रो नगरसभाबाट रेडक्रसको रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको थियो । नगरसभाको निर्णय अनुसार नगर वासिन्दालाई निःशुल्क रुपमा रक्त सेवा उपलब्ध गराउन रेडक्रसलाई सहयोग गरिएको हो ।
रेडक्रसले रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन नगरपालिकासित सहयोगका लागि आग्रह गरेको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले समृद्ध नगर बनाउन सबैसित साझेदारी गरिने नीति अन्र्तगत रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए ।
रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको नगर प्रमुख विष्टले बताए ।
गरिने नीति अन्र्तगत रक्त सञ्चार सेवालाई व्यवस्थित रुपमा सञ्चालन गरी निःशुल्क सेवा उपलब्ध गराउन सहयोग गरिएको बताए ।
‘सबै वासिन्दाले निःशुल्क रुपमा सेवा पाएर जीवन रक्षा सकुन भनेर रेडक्रसलाई सहयोग गरेका छौ’ नगर प्रमुख विष्टले भने, ‘यो सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिएर जान्छौ ।’
Comment Here!