वादी अगुवा उमा वादी बीबीसीको प्रभावशाली महिलाको सूचीमा


प्रकाशित मिति :2018-11-20 09:46:02

–महिला खबर–

ललितपुर । बीबीसीले सार्वजनिक गरेको विश्वका एक सय उत्प्रेरणादायी महिलाहरुको सूचीमा नेपालकी वादी अगुवा उमादेवी वादी समावेश भएकी छन्।

एक सय जनाको सूचीमा ७ नम्बर प्रदेश सभाकी सदस्य वादी १० औं नम्बरमा छन् । उनी नेपाली कांग्रेसबाट समानुपातिक सासंद हुन्। सोमबार बीबीसीले सन् २०१८ मा उत्प्रेरणादयी र प्रभावशाली भूमिका खेलेका विश्वका महिलाहरुको सूची सार्वजनिक गरेको हो।

वादी समुदायको उत्थानको लागि उनले काम गरेकी थिइन् । अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न काम गरेको भनेर बीबीसीले उनको बारे लेखेको छ।

बीबीसीले महिला नेतृ, सामाजिक अभियान्ता, अभिनेत्रीहरुबाट प्रभावशाली १ सय जना छनौट गरेको जनाएको छ।

छनोटमा १५ देखि १५ देखि ९४ वर्षसम्मका लाई समावेश गरिएको छ । सूचीमा ६० देशका महिला रहेका छन्।

सूचीको पहिलो नम्बरमा नाइजेरियाकी आविसोयी आजयी आकिफोलारिन रहेकी छन्। ३३ वर्षिय आविसोयी सामाजिक अभियान्ता हुन्।

बीबीसीले हरेक वर्ष १ सय जना उत्प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: